Rule 21
समन्वय र सहजीकरण गर्न सक्ने
(१) देहायका उद्योगले ऐनको दफा ३० को उपदफा (१) बमोजिम आफूलाई आवश्यक पर्ने जग्गा आफैँले खरिद गर्न नसकेमा त्यस्तो जग्गा खरिद वा जग्गा/उपलवब्ध गराउनको लागि समन्वय र सहजीकरण गरिदिन उच्चोग दर्ता गर्ने निकायमा लिखित रूपमा अनुरोध गर्नु पर्नेछ :-

(क) राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग, (ख) आफ्नो उत्पादनको कम्तीमा साठी प्रतिशत उत्पादन निर्यात गर्ने उच्योग, (ग) अति अविकसित क्षेत्र, अविकसित क्षेत्र र कम विकसित क्षेत्रमा स्थापना हुने मझौला र ठूला उच्चोग,

(घ) कम्तीमा पाँच सयजना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उद्योग,

(ङ) दश अर्ब रूपैयाँभन्दा बढी स्थिर पूँजी लगानी भएको उद्योग,

(च) कम्तीमा पचास प्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित वा आयातित कच्चा पदार्थ भए कम्तीमा पचास प्रतिशत मूल्य अभिवृद्धि हुने. मझौला र ठूला उच्योग।

(२) उपनियम (१) बमोजिम अनुरोध भई आएमा र उच्चोग दर्ता गर्ने निकायले त्यस्तो अनुरोध मनासिब ठानेमा त्यस्तो उद्योगलाई जग्गा उपलव्ध गराउने कार्यमा एकल निन्दु सेवा केन्द्रमार्फत सम्बन्धित जग्गा धनी, स्थानीय तह वा स्थानीय प्रशासनसँग आवश्यक समन्वय र सहजीकरण गरी दिनेछ।